9 years ago
February 25, 2017
स्याङ्गजा (हाम्रो खेलकुद) – स्याङ्गजामा जारी धनबहादुर प्रधान स्मृति खुल्ला फिडे रेटिंग बुद्धिचाल प्रतियोगितामा शनिबार तेस्रो चरणको समाप्तीमा पूर्व नेपाल च्याम्पियनद्वय बद्रिलाल नेपाली र सिएम भुपेन्द्र निरौला तथा धनुषाका सुशील चौधरी संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरुको समान ३ अंक छ । शनिबार दोस्रो र तेस्रो चरणको खेल भएका थिए ।

स्वीस लिग ७ चरणका खेल हुने प्रतियोगितामा भक्तपुरका भेट्रान गणेशमान दुवाल र चितवनका सुमित पन्तले २ जित र एक बराबरी खेलेर साढे २ अंक जोडेका छन् । यसैगरी पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार, कास्कीका सुनिल कोइराला र रन्जन कुँवर, दमकका विक्रम सिंह, स्याङ्गजाका गणेश श्रेष्ठ, ईश्वर पराजुलि, विपन पराजुलि, छविलाल नेपाली, प्रवेश भुजेल, अर्विन कुमार बस्याल, शोभाकान्त ढकाल र रोशन थापाले समान २ अंक प्राप्त गरेका छन् ।
स्याङ्गजा जिल्ला बुद्धिचाल संघको आयोजनामा पुतलीबजारस्थित लक्ष्मीस्मृति पुस्तकालयमा संचालित खेलमा ३ जना पूर्व नेपाल च्याम्पियनहरुसहित १३ जिल्लाका ४० जनाको सहभागिता छ । ८० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताका शीर्ष १८ खेलाडीले नगद पुरस्कार प्राप्त संघका अध्यक्ष शेर जङ्ग अधिकारीले जानकारी दिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]