9 years ago
February 25, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेको छन् ।

पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो ।
पराजित नेपाल पुलिस क्लबका प्रशिक्षक भरत शाहले नयाँ खेलाडी भएकोले भारतीय टोलीलाई कडा चुनौति दिन नसकेको बताउनु भयो । उहाँले भन्नु भयो, हामीले क्षमता अनुसार राम्रो खेल्ने कोसिस गरेको हौं । तर नयाँ खेलाडी भएकोले भारतीय टिमसँग खेल्दा कठिन भयो ।
उनले थपे, टोलीमा अनुभवी खेलाडीको कमी छ । हामी विगतभन्दा राम्रो खेल्ने लक्ष्यमा छौं तर खेलाडी नर्भस भए।
यसैगरी रेलवे टिभ इन्डियाकी प्र्रशिक्षक दिप्ती घोसले प्रतियोगिताले दुबै देशका खेलाडीलाई क्षमता विकासमा सहयोय गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, दक्षिण एसियामा भारत बलियो टोेली हो । नम्बर एक टोली हो । तर मलाई लाग्छ भलिबलले त्यति धेरै प्राथमिकता पाउने गरेको छैन । हामी भन्दा नेपाली खेलाडीले धेरै घरेलु प्रतियोगिता खेल्ने अवसर पाउँछन ।
यस पटक तपाईको लक्ष्य के हो भनेर सोधिएको प्रश्नमा भारतीय प्रशिक्षक घोसले भन्नु भयो, ‘ डिफेन्डिङ च्याम्पियन भएपनि हामीले नै पुन जित्छौं भन्ने केहि ग्यारेन्टी छैन । टिमले कस्तो खेल्छ त्यसमा भर पर्छ। नेपाली क्लबको टिम वर्क राम्रो हुन्छ । उनीहरुले खेललाई आफनो पक्षमा पार्ने, जित्ने क्षमता राख्छन । तर हामी पनि उपाधि जित्ने लक्ष्य लिएर पुन नेपालगन्ज आएको हौं ।
प्रशिक्षक घोसले आफनो टोलीकी प्रिती सिंह र अनुसी घोष भारतीय महिला भलिबल टोलीको सदस्य भएको बताइन । प्रशिक्षक दिप्ती पनि भारतीय महिला टोलीको पुर्व खेलाडी हुन ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उद्घाटन अवसरमा मन्त्री श्रीपालीले प्रधानमन्त्री कप भलिबललाई स्थानीय तहसम्म पुयाउने बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रतियोगिता नेपालसरकारको स्वामित्वमा राखेर आयोजना गर्ने घोषणा गर्नु भयो । हामी खुसी छौं बाँके जिल्ला भलिबल सघले गरेको प्रतियोगितामा सहभागि हुन पाउँदा ।
प्रधानमन्त्री जस्तो प्रतिष्ठित नाममा आयोजना हुने भएकोले यसलाई नेपाल सरकारले आफनो प्रतियोगिताको रुपमा लिनु पर्छ । प्रतियोगितामा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।’
प्रतियोगिताको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व ओपनर महेश क्षेत्रीलाई मन्त्री श्रीपालीले सम्मान गर्नु भयो । फागुनको १८ गते सम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टोलीसहित नेपालको चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामामा भैरहेकोे प्रतियोगितामा नेपालगन्ज रंगशालाको कभर्ड हलमा भैरहेको छ । प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली बर्षात एशोसियसन, एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको समुह ए मा रेलवे टिम इन्डिया, नेपाल पुलिस, आयोजक मध्यपश्चिम, समुह बी मा एपिएफ, बर्षात एशोसियसन र त्रिभुवन आर्मी क्लब रहेको छन ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गरेको प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टले गर्ने आयोजकले बतायो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]