default_image

8 months ago

April 18, 2025

बंगलादेश र नेपालले कबड्डी टेस्ट सिरिज खेल्ने!

720 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला कबड्डी टोलीबीच टेस्ट सिरिज आयोजना हुने भएको छ ।

नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगिता वैशाख ७ देखि १२ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो हलमा चल्नेछ । ५ दिवसीय महिला टेस्ट म्याचमा नेपाली टोलीको कप्तानी मानमती विष्टले गर्नेछिन् ।

बंगलादेशको टोली शनिबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको ट्रफी अनावरण शनिबार एक कार्यक्रममाझ हुनेछ । प्रतियोगिता आइतबार दिउँसो ३ बजे उद्घाटन हुनेछ ।

कप्तान विष्टले टोलीको तयारी राम्रो रहेको र सुखद नतिजा अपेक्षा गरिरहेको बताइन् । संघका महासचिव अरविन्द कुमार झाले विगत एक वर्षयता टोलीलाई बन्द प्रशिक्षण राखेको र दीर्घकालीन योजना लिएर अघि बढेको बताए ।

नेपाल र बंगलादेशको संघबीच वर्षको ३-३ खेल एक अर्काको देशमा सिरिज आयोजना गर्ने जानकारी दिइएको छ । यसअघि नेपालको पुरुष टोलीले यसअघि बंगलादेश भ्रमणमा १-४ को हार बेहोरेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.