8 months ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टलाई आज सम्मान गरिएको छ।
उनलाई पनि २५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको हो। राखेपको सदस्य सचिव टंकलाल घिसिङ, आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले भट्टलाई सम्मान गरेका हुन्।
नेपाली महिला टोलीलाई सफलतामा दिलाएकोमा भूमिकाको कदर गर्दै भट्टलाई सम्मान गरिएको हो। भट्ट नेपालका सर्वाधिक सफल प्रशिक्षक हुन् ।
उनको प्रशिक्षण महिला टोलीले काभा सेन्ट्रल जोनमा दुई पटक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको छ।
सोही अवसरमा नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारी स्पेशल अवार्डबाट सम्मान गरिएको छ।
राखेप सदस्य सचिव घिसिङसँग उषाको तर्फबाट आमा र बुवाले सम्मान ग्रहण गरे। सम्मान सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उषा अहिले हङकङमा रहेकी छिन्।

सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी उषा अहिले राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य हुन्। उनले नेपाल प्रहरीबाट घरेलु भलिबल खेल्ने गरेकी छिन्।
यो अवार्डबाट यसअघि रेश्मा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, समिक्षा घिमिरे, पुनम चन्द र अरूणा शाही यो अवार्डबाट सम्मानित भैसकेका छन्।
आज सुरु भएको प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहेको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपिएफ र एभरेष्ट भलिबल क्लब छन्। समुह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]