4 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले कोपिला उप्रेतीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
मधेशले बुधवार उप्रेतीलाई प्रशिक्षकमा नियुक्ति गरेको जानकारी गराएको हो । उप्रेतीले एक दशक भन्दा लामो समयसम्म राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् ।
उप्रेती दशौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य पदक जित्दा टोलिकी सदस्य थिइन् । एफआइभिबी भलिबल कोर्स लेभेल १ र २ गरेकी उनले नेपाल पुलिस क्लबको लागि पनि प्रशिक्षण गरिसकेकी छन् ।

उप्रेतीले मधेशसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै एकदमै उत्साहित रहेको बताएकी छिन् । ‘मधेशको प्रशिक्षकको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु,’ उप्रेतीले भनिन्,’ उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।’
उप्रेतीको प्रशिक्षणमा मधेशले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा दोस्रो इडब्लुभिएल भदौं २० गते देखि २८ गतेसम्म हुनेछ ।


November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।