default_image

4 months ago

August 8, 2025

कलाकार आना लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर

469 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न आनाको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने अपेक्षा लुम्बिनी गरेको छ ।

लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले भनिन्, ‘हामी केवल खेल जित्न मात्र होइन, सोच जित्न पनि मैदानमा छौं । आना शर्माको सहभागिता हाम्रो यात्रामा महत्वपूर्ण मोड हो । वहासँगको सहकार्यले हाम्रो टिमको सामाजिक र सांस्कृतिक प्रभाव थप बलियो हुनेछ ।’

आनाले भनिन्, ‘लुम्बिनी लाभाजसँग जोडिन पाउनु गर्वको कुरा हो । यो टिम महिला खेलाडीको क्षमता र संघर्षको प्रतिनिधि हो । म यो अभियानमा आफ्नो भूमिकालाई पूर्ण रूपमा निभाउने छु ।’

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.