default_image

4 months ago

August 8, 2025

कलाकार आना लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर

461 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न आनाको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने अपेक्षा लुम्बिनी गरेको छ ।

लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले भनिन्, ‘हामी केवल खेल जित्न मात्र होइन, सोच जित्न पनि मैदानमा छौं । आना शर्माको सहभागिता हाम्रो यात्रामा महत्वपूर्ण मोड हो । वहासँगको सहकार्यले हाम्रो टिमको सामाजिक र सांस्कृतिक प्रभाव थप बलियो हुनेछ ।’

आनाले भनिन्, ‘लुम्बिनी लाभाजसँग जोडिन पाउनु गर्वको कुरा हो । यो टिम महिला खेलाडीको क्षमता र संघर्षको प्रतिनिधि हो । म यो अभियानमा आफ्नो भूमिकालाई पूर्ण रूपमा निभाउने छु ।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.