default_image

4 months ago

August 15, 2025

मधेश युनाइटेडको जर्सी सार्वजनिक,इडब्लुभिएलको ट्रफी वीरगंजमा अनावरण

345 views

0 Bookmark

वीरगंज (हाम्रो खेलकुद)- मधेश स्पोर्टस प्रा.लिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ट्रफी वीरगंजमा बिहीवार अनावरण गरेको छ ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् ।

मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरे। उनले टोलीकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण गरे ।

मेयर सिंहले भलिबलको विकास र महिला सशक्तीकरणमा लिगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘खेल केवल मनोरञ्जन मात्र होइन, यसले पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ । वीरगंज महानगर भलिबलको प्रवद्धनमा पूर्ण प्रतिबद्ध छ ।’

मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले भलिबल खेलको सामाजिक, मानसिक र शारीरिक लाभबारे चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्ने र मधेशमा गतिविधि अझ विस्तार गर्नुपर्ने सुझाव दिए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता प्रतियोगिताले युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए । मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवालले संस्थाको स्थापना र उद्देश्यबारे प्रकाश पारे ।

मधेश युनाईटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगत, सिकाइ र आगामी योजनाबारे प्रस्तुति दिँदै भनिन्, ‘हामी सुधार र प्रतिबद्धतासहित मैदानमा फर्किंदैछौं ।’ उनले यसपटक टिमले नेदरल्याण्डका तीनजना अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरेको जानकारी पनि दिइन् ।

ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व र उत्साह लागेको बताउँदै भनिन्, ‘यो टिम खेलकुद, महिला सशक्तीकरण र पहिचानको उत्कृष्ट उदाहरण हो ।”

मार्की प्लेयर निरुताले नयाँ जोश र आत्मविश्वासका साथ यसपटकको ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गर्दै भनिन्, ‘विगतको अनुभव र पहिलेका कमीकमजोरीलाई सुधार गर्दै यसपटक उत्कृष्ट प्रदर्शन गर्नेछौं र ट्रफी उचाल्नेछौं ।

मधेश युनाइटेडकी सञ्चालक शर्मिला थापाका अनुसार भलिबल राष्ट्रिय खेल मात्रै नभएर एकताको सुत्रमा बाँध्ने माध्यम पनि हो । सुदुरपश्चिमको दार्चुलामा जन्मिएकी निरुतालाई मधेशको मार्की प्लेयर बनाउनु पनि आफैमा फरक भूगोल र फरक क्षेत्रको संस्कार र संस्कृतिको मिलन भएको उनको बुझाई छ ।

सञ्चालक अनोज रुंगटाले धन्यवाद ज्ञापन गर्दै मधेश युनाईटेडलाई साथ, सहयोग र सर्मथन गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठलगायतको उपस्थिति थियो ।

६ टोलीको सहभागितामा इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म हुनेछ।

यसैबीच, आज बिहान नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको शंकराचार्य गेटमा पत्रकार सम्मेलनमार्फत इडब्लुभिएलको ट्रफी अनावरण गरिएको थियो।

मधेश युनाइटेडका सञ्चालक सञ्जय अग्रवाल ले मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम भएको उल्लेख गर्दै भने, ‘यो टिम केवल खेलका लागि मात्र होइन, मधेशको पहिचान बढाउने, महिला खेलाडीलाई प्रोत्साहन दिने र राष्ट्रियस्तरमा मधेशको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ स्थापना भएको हो।’

कार्यक्रममा टोलीकी मार्की खेलाडी निरुता ठगुन्ना,मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाह पनि उपस्थिति थिइन् । सो अवसरमा सञ्चालकहरु विशाल अग्रवाल, रोहित अग्रवाल, दिपेश अग्रवाल र अनोज़ रुंगटा लगायतको उपस्थिति थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.