default_image

4 months ago

August 18, 2025

प्रिसियस च्याम्पियन

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले आयोजना गरेको हिमालयन क्विन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतवार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अंकका साथ उपाधि जितेकी हुन् ।

माइतीघर स्थित सेन्ट जेभियर्स कलेजमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि होडबाट टाढा बनायो । उनी ६.५ अंकमा सीमित भएपछि दोस्रो भइन् ।

७ वर्षदेखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अंकसहित तेस्रोमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहे ।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आयोजना गरिएको हो ।

स्वीस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा १ सय ४२ खेलाडीले प्रतिस्पर्धा गरे, जुन नेपाली चेसमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो । गत वर्ष आयोजित हिमालयन तीज टोर्नीमा ३७ खेलाडी सहभागि थिए, जसलाई हिमलायन क्विन्स ग्याम्बिटले उछिनेको हो ।

विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रोमा रहे । यू १० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो भए ।

यू १३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राजभण्डारी तेस्रो भए । यू १६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहे ।

त्यस्तै, भेट्रान ५० वर्षमाथि रुक्मणि जिमी च्याम्पियन भइन्् भने राधा राई उपविजेता भइन् । शुभानी पण्डितले बेस्ट एचसीए, आकृति नगरकोटीले बेस्ट जेभियरियन, रोशिका श्रेष्ठले बेस्ट स्पोर्टसम्यानसिप, स्मारिका डुम्रेले राइजिङ प्लेयर, सूक्ष्मायंका जैशीले बेस्ट इम्प्रुभ्मेन्ट अवार्ड हात पारे ।

प्रतियोगिताका विजेता खलाडीहलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर कलेजका भाइस प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे कसिन फर वुमेन्स चेसकी सदस्य मोनालिशा खम्बू (हिमालयन चेस एकेडेमीकी संस्थापक) ले पुरस्कृत गरे ।

यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवद्र्धन, फिल्म निर्देशक दिपेन्द्र लामा, सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल अगस्टिन थोमसले चेस क्लक र गोटी चाल्दै उद्घाटन गरेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.