4 months ago
August 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टिम काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको छ। काठमाडौंले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो।
यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको थियो।
इटालियन खेलाडी ओउमायमाले मिडल ब्लकर र हिटरको भूमिकामा टिमले अनुबन्धन गरेको हो। तीन फरक पोजिसनका खेलाडी भित्र्याउँदै क्लबले टोली मजबुत बनेको जनाएको छ।
मोरोक्कोमा जन्मिएकी ओउमायमासँग एक दशकभन्दा बढी भलिबल खेलेको अनुभव रहेको छ। विशेषगरी मिडल ब्लकरको रुपमा परिचित उनी अपोजिट हिटरमा पनि प्रभावशाली खेलाडी हुन्।
उनले इटली, फ्रान्स, मोरक्को र साउदी अरेबियाका विभिन्न क्लबबाट खेलिसकेकी छिन्। पछिल्लो समय उनले साउदी अरेबियाको अल इतिहाद एफसी, मोरक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा टिमबाट व्यावसायिक भलिबल खेलेकी थिइन्।
नेपालमा पहिलो पटक लिग खेल्न आउन लागेकी कोडिएल उत्साहित छिन्। उनले भनिन्, ‘नेपालमा एभरेष्ट महिला भलिबल लिग खेल्न पाउनु मेरो लागि ठूलो सम्मान हो। यो मेरो पहिलो अनुभव हुनेछ र म देश बुझ्न, फ्यानलाई भेट्न तथा कोर्टमा उत्कृष्ट प्रदर्शन गर्न निकै उत्सुक छु।’

३ विदेशी खेलाडी अनुबन्ध गरेसँगै काठमाडौं स्पाइकर्सको खेलाडी संख्या ११ पुगेको छ। ट्यालेन्ट हन्टमार्फत अझै एक खेलाडी थपिने छ।
नेपाली राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारीलाई मार्की प्लेयरमा निरन्तरता दिइएको छ भने अक्सनबाट मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्दलाई टोलीमा भित्राइएको छ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरिको छ।
इडब्लुभी भदौ २० देखि २८ गते सम्म हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]