default_image

4 months ago

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

316 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ ।

ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’ आयशाले भनिन् , “ललितपुर क्विन्स परिवारलाई धेरै धन्यवाद । यो मेरो लागि सम्मानको कुरा हो।’ 

यो संस्करण ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छन् । ‘पहिलो संस्करणमा ललितपुरको खेलमा सहभागी हुँदा म धेरै रमाए । दुर्भाग्यवस हामी अन्तिम समयमा चुक्यौ, आशा छ हाम्रो टोली यो संस्करण विजेता हुने छ ।’

यसपटक पनि घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ ।

यो सिजन पनि टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छिन्। ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । इडब्लुभी भदौ २० देखि २८ सम्म हुने छ ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.