default_image

4 months ago

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

309 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ ।

ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’ आयशाले भनिन् , “ललितपुर क्विन्स परिवारलाई धेरै धन्यवाद । यो मेरो लागि सम्मानको कुरा हो।’ 

यो संस्करण ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छन् । ‘पहिलो संस्करणमा ललितपुरको खेलमा सहभागी हुँदा म धेरै रमाए । दुर्भाग्यवस हामी अन्तिम समयमा चुक्यौ, आशा छ हाम्रो टोली यो संस्करण विजेता हुने छ ।’

यसपटक पनि घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ ।

यो सिजन पनि टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छिन्। ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । इडब्लुभी भदौ २० देखि २८ सम्म हुने छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.