default_image

4 months ago

August 19, 2025

नेदरल्याण्ड्सकी भिनस्ट्रा मधेश युनाईटेडमा आबद्ध

663 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ

१ सय ८८ सेन्टिमिटर अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै आएकी‌ छिन् । २०२४ मा उनले सुडोसा-डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भएको‌ युनाइटेडले जनाएको छ ।

भिनस्ट्राको आगमनले हाम्रो टोली अझ शसक्त हुने विश्वास मधेशले लिएको छ। भिनस्ट्राले मधेश युनाईटेडबाट खेल्न उत्साहित रहेको बताएकी छन्।

मधेश युनाइटेड टोली

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद, खेहा ठगुन्ना

प्रशिक्षकः कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर: नीति शाह

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.