4 months ago
August 19, 2025
ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।
पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो ।
ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका विजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेत बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तिकरणको योजनालाई साथ दिन पाउँदा रुप्से होलिडेज खुसी रहेको बस्नेत बताए ।
‘महिला भलिबल खेलको विस्तार र खेलकुदमा महिला सशक्तिकरणको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउदै आएको छ । यस कार्यमा हामी ललितपुरलाई समर्थन गर्न पाउँदा खुसी छौ,’ बस्नेतले भने ।
‘यसपटक स्वदेशी र विदेशी खेलाडीहरूको राम्रो संयोजन भएकोले गत संस्करणको भन्दा टोली बलियो रहेको छ र नतिजा उत्कृष्ट हुन्छ भन्नेमा हामी विश्वस्त छौ, ललितपुर क्विन्सलाई जितको शुभकामना,’बस्नेतले थपे ।
ललितपुर क्विन्समाथि पुन: विश्वास गरेर मुख्य प्रायोजकको रुपमा टोलीसँग जोडिनु भएकोमा शाक्यले रुप्से होलिडेज धन्यवाद व्यक्त गरे । ‘हामीलाई निरन्तर विश्वास फेरी एक पटक हामीलाई साथ दिनु भएकोमा रुप्से होलिडेज प्रति हामी आभारी छौं,’ शाक्यले भने
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो ।
ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । इडब्लुभीको दोस्रो संस्करण लिग भदौ २० देखि २८ सम्म हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]