4 months ago
August 19, 2025
ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।
पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो ।
ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका विजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेत बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तिकरणको योजनालाई साथ दिन पाउँदा रुप्से होलिडेज खुसी रहेको बस्नेत बताए ।
‘महिला भलिबल खेलको विस्तार र खेलकुदमा महिला सशक्तिकरणको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउदै आएको छ । यस कार्यमा हामी ललितपुरलाई समर्थन गर्न पाउँदा खुसी छौ,’ बस्नेतले भने ।
‘यसपटक स्वदेशी र विदेशी खेलाडीहरूको राम्रो संयोजन भएकोले गत संस्करणको भन्दा टोली बलियो रहेको छ र नतिजा उत्कृष्ट हुन्छ भन्नेमा हामी विश्वस्त छौ, ललितपुर क्विन्सलाई जितको शुभकामना,’बस्नेतले थपे ।
ललितपुर क्विन्समाथि पुन: विश्वास गरेर मुख्य प्रायोजकको रुपमा टोलीसँग जोडिनु भएकोमा शाक्यले रुप्से होलिडेज धन्यवाद व्यक्त गरे । ‘हामीलाई निरन्तर विश्वास फेरी एक पटक हामीलाई साथ दिनु भएकोमा रुप्से होलिडेज प्रति हामी आभारी छौं,’ शाक्यले भने
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो ।
ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । इडब्लुभीको दोस्रो संस्करण लिग भदौ २० देखि २८ सम्म हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]