4 months ago
August 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लभी) को फ्रेन्चाईज टोली लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने भएको छ ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफि टुर’ र ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो ।
लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ट्रफी परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिबल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।

ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडी हुन् । अक्सनबाट कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ ।
इडब्लुभी भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]