default_image

3 months ago

August 23, 2025

ललितपुर क्विन्सलाई आइजिआईको प्रायोजन

245 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ

काठमाडौँ स्थित आइजिआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार ललितपुरले आफ्नो म्याच जर्सीमा आईजीआईको लोगो समावेश गर्ने छ र आईजीआईको प्रचार प्रसारमा सहयोग गर्ने छ ।

ललितपुर क्विन्सलाई साथ दिन पाउँदा आइजिआई खुसी रहेको साथै प्रतियोगितामा ललितपुरको उच्च प्रदर्शन रहनेमा आफूहरू विश्वस्त रहेको सिइओ श्रेष्ठले बताए ।

ललितपुर क्विन्सलाई विश्वास गरि साथ दिनु भएकोमा क्लबका अध्यक्ष पराजुलीले सम्पूर्ण आइजिआई परिवारलाई धन्यवाद व्यक्त गर्दै टोलीको प्रदर्शन यो संस्करण पनि उत्कृष्ट रहने प्रतिबद्धता जनाए ।

यसपटक पनि क्विन्स उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ ।
टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ हुन् ।

ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेस गरेको थियो ।

ललितपुरले आफ्नो गुडविल एम्बासडरमा  दक्षिण एसियाली खेलकुदको ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ । 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.