3 months ago
August 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ ।
अर्को साता सुरु हुने इडब्लुभीका लागि ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतवार सामाजिक सञ्जाल मार्फत जनायो । ललितपुरले यस अगिनै थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।
३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ । उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो ।
उनको आगमन सँगै टोली थप बलियो भएकोमा ललितपुर क्विन्सको विश्वास छ । आफ्नो साथीहरू खेलेको भएर गत संस्करणको लिग आफूले हेरेको र लिगको बारे अवगत रहेको दारिनले बताइन्।
यसपटक पनि उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छिन्।
ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरेको थियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुदको ३ वटा स्वर्ण पदक जितेकी आयशा शाक्य रहेकी छिन्।
रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुर रहेको छ। इडब्लुभी भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]