3 months ago
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को लागि भैरहवामा आज भएको ट्यालेन्ट हन्टबाट जानकी केसी छनोट भएकी छिन्।
टोलीका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टोलीले अन्तिम चरणका १२ खेलाडीबाट जानकीलाई छनोट गर्ने निर्णय गरेको हो बताइएको छ।
लुम्बिनी लाभाजले पत्रकार सम्मेलनमार्फत जानकीको नाम घोषणा गरेको हो । लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले उनलाई सम्झौता पत्र प्रदान गरेकी छिन् । म्यानेजर निरौलाले स्थानीय खेलाडीको छनोटले टोलीको प्रर्दशन र हौसला बढाउन सहयोग पुग्ने बताइन् ।
अरुणा मार्की खेलाडी रहेको लुम्बिनी लाभाजले अक्सनमार्फत कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरेको छ ।
विदेशी खेलाडीको रुपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले सार्वजनीक गरिसकेको छ । इडबल्बुभी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]