default_image

3 months ago

September 6, 2025

नेपाल र बंगलादेशको पहिलो हाफमा बराबरीमा

572 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको जारी पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो। तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए।

खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो। मणि लामाको फ्रि-किकमा अनन्त तामाङको फ्लिकमा किपर मोहम्मद सुजोन हुसेन बाधक बने। खेलको ३९ औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाले हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो।

नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो खेल खेलेको हो। यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालल लाओससँग खेलेको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.