default_image

3 months ago

September 7, 2025

ललितपुर क्विन्सले पोखराको टाइगर कप पनि खेल्ने

802 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग‌ (इडब्लुभी) मा खेल्दै आएको ललितपुर क्विन्स अब घरेलु भलिबल प्रतियोगितामा पनि सहभागी हुने भएको छ।

रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको ललितपुर क्विन्सले पोखरामा टाइगर ग्रुपद्वारा आयोजना हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिताको छैटौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुँदैछ ।

गत वर्ष सुरु भएको फ्रेन्चाइज लिग इडब्लुभीबाट ललितपुर क्विन्सले भलिबल खेल्न सुरु गरेको हो । राष्ट्रिय टोलीकी सलिना श्रेष्ठ मार्की एवम् कप्तान रहेको ललितपुर क्विन्स पहिलो संस्करणमा फाइनल पुगेको थियो।पोखरामा जारी इडब्लुभीमा ललितपुर क्विन्सले लगातार दुई खेल जितिसकेको छ।

क्लबले अनुसार भलिबललाई व्यावसायिकरणतर्फ लैजान टाइगर कपमा सहभागिता जनाउने र आगामी दिनमा अन्य घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निरन्तर उपस्थित रहने योजना रहेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.