default_image

3 months ago

September 8, 2025

कर्णालीको लगातार तेस्रो जित

395 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमवार कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

कर्णालीले पहिलो सेट २५-२२ ले जित्यो। एक सेट गुनाएको काठमाडौं दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। कर्णालीलाई कडा चुनौती पनि दियो। तर दोस्रो सेट कर्णालीले २९-२७ ले जित्यो। खेलमा २-० को स्पष्ट अग्रता बनायो।

खेल जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प काठमाडौंलाई थिएन। तेस्रो सेट प्रतिस्पर्धात्मक बने पनि काठमाडौं यो सेटमा पनि चुक्यो। २८-२६ ले दोस्रो सेट जित्दै कर्णाली सोझो सेटको जितमा साथ खेल आफ्नो पक्षमा पार्न सफल भयो। कर्णालीकी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।

कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसंगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ ।

काठमाडौंले दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेश युनाइटेडलाई हराएको थियो ।

आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.