3 months ago
September 8, 2025
पोखरा (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित हासिल गरेको छ।
निरिह लुम्बिनी लाभाजलाई ३-० को सोझो सेटमा माथ दिँदै ललितपुरले ९ अंक जोडेको छ। यो हारमा लुम्बिनीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ।
पोखराको बहुउद्देश्यीय कभर्ड हलमा ललितपुरले खेलमा एकपक्षीय पकड बनायो। लुम्बिनीले दोस्रो र तेस्रो सेटमा केही चुनौती दिए पनि ललितपुरले नतिजा आफ्नो पक्षमा पारेको थियो।
राष्ट्रिय टोलीकी कप्तान तथा सेटर अरुणा शाहीलाई पहिलो खेलमा चोट लागेपछि लुम्बिनी दबाबमा छ। उनको अनुपस्थिति यो खेलमा पनि खट्कियो।
ललितपुरले २५-१३, २५-२० र २५ -२१ को सहज जित आफ्नो पक्षमा पार्यो। शतप्रतिशत जित निकालेको ललितपुरले कर्णाली याशविस जतिकै समान खेलबाट ९ अंक बनाएको छ।
यो सँगै ललितपुरको फाइनल पुग्ने संभावना बलियो बनेको छ। ललितपुरले यसअघि मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सलाई सोझो सेटमा हराएको थियो।
तेस्रो खेल खेलेको लुम्बिनीको दोस्रो हार हो। पहिलो खेलमा कर्णालीसँग हारेको लुम्बिनीले हिजो दोस्रो खेलमा पोखरा निन्जाजलाई ३-२ को सेटमा हराएको थियो।
३ खेलबाट लुम्बिनी २ अंक छ। उसले बाँकी दुई खेल सोझो सेटमा जितेको खण्डमा ६ अंक जोड्नेछ। यदि दुई जित संभव भए पनि उसको अंक ८ मात्र पुग्नेछ।
आज भएको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई हराएको थियो। भोलि पहिलो खेलमा कर्णाली र मधेश तथा दोस्रो खेलमा ललितपुर र पोखराबीच हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]