default_image

3 months ago

September 9, 2025

एभरेष्ट महिला भलिबल लिगमा आजको खेल‌ स्थगित

808 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) आजको लागि स्थगित भएको छ।

देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भईरहेको इडब्लुभीका खेल स्थगित गर्ने निर्णय गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण संघीय राजधानी सुरक्षा चुनौती थपिएको छ।

भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ। विरोध प्रदर्शन देशका विभिन्न सहरमा आज पनि जारी छ ।

खेल तालिका अनुसार आज पहिलो खेल कर्णाली यशविस र मधेश युनाइटेड तथा दोस्रो खेल ललितपुर क्विन्ट र पोखरा निन्जाजबीच खेल हुनुपर्ने थियो।

‘यो कठिन घडीमा हामी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

साविक विजेता कर्णाली र उपविजेताले लगातार ३ खेल जित्दै समान ९ अंक जोडेका छन् । ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र १ अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् ।

३ अंक जोडेका मधेश र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ । दुवै टोलीले समान खेल्न बाँकी छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.