3 months ago
September 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण आयोजकका लागि चुनौतीपूर्ण बनेको छ।
देशभर चलेको जेन–जी आन्दोलनका कारण लिग बीचमै स्थगित भएको थियो । लिगका ६ टोलीका लागि आएका ११ देशका १८ विदेशी खेलाडीलाई सुरक्षितरूपमा सम्बन्धित देश फर्काइ सकिएको छ।
पोखराबाट सबै टोली र आयोजक फर्किसकेका छन्। तर रोकिएको इडब्लुभी अब के हुने भन्ने औपचारिक धारणा आयोजकले अझै सार्वजनिक गरेको छैन ।
इडब्लुभी निर्देशक जगदीश भट्टले भोलि वा पर्सि बैठक बसेर निर्णय गरिने जानकारी दिए। उनका अनुसार दोस्रो संस्करण पूरा गर्नु चुनौतीपूर्ण भएपनि विकल्पको खोजी भइरहेको छ। उनले विदेशी खेलाडी विना टोलीहरुलाई पूर्ण बनाउन कठिन भएको बताए। रोकिएको अवस्थाबाट लिगलाई निरन्तरता दिने कि सुरुबाटै खेलाउने भन्ने विषय पनि बैठकले टुंग्याउने छ।
जेन–जी आन्दोलनकै बीचमा लिग रोकिएको थियो। त्यही क्रममा पोखरा निन्जाज, काठमाडौं स्पाइकर्स तथा आयोजक बसेको होटलमा समेत आगजनी भएको थियो। यस घटनाले आर्थिक क्षति पनि भएको भन्दै भट्टले सकेसम्म यो संस्करण सफलतापूर्वक पूरा गर्ने प्रयास भइरहेको बताए।
हालसम्म आयोजकले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन भने सहभागी क्लब अन्योलमा छन् । यो संस्करणमा पनि ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
ललितपुर र कर्णालीले समान ३खेल जित्दै समान ९ अंक जोडेका छन्। मधेश र काठमाडौंले ३/३ अंक, लुम्बिनीले २ अंक तथा पोखराले १ अंक जोडेका छन्। लिग चरणमा सबै टोलीले समान ३ खेल खेलिसकेपछि स्थगित भएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]