default_image

1 month ago

October 11, 2025

नेसन्स कपका लागि भलिबल टोलीको घोषणा

1119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ।

संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय अनुसार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो।

संघले असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट अन्तिम चरणको छनोट असोज २३ र २४ गते गरेको पनि जनाएको छ।‌

सेन्ट्रल एसियन भलिबल संघ (काभा) को स्वीकृति तथा बंगलादेश भलिबल फेडरेसनको आयोजनामा कात्तिक ५ देखि ११ गतेसम्म प्रतियोगिता हुनेछ।‌

तर यो पटकको खेलाडी छनोट निकै विवादित बनेको थियो। पहिलो चरणमा १८ खेलाडी छनोटमा गण्डकी प्रदेशका एक जना पनि नपर्दा छनोट समिति निकै आलोचित बनेको थियो। गण्डकीले निर्णय नसच्चाए घरेलु प्रतियोगिता नखेल्ने चेतावनी दिएको थियो।

प्रशिक्षक जगदीश भट्टले सामाजिक सञ्जालबाट अब संघले दिएको सबै जिम्मेवारीबाट विश्राम लिने बताएका थिए। लगत्तै संघले यो निर्णय फिर्ता लिन अनुरोध गरेको थियो। यसपछि संग र प्रशिक्षक भट्टले यो विषयमा दुवैले कुनैपनि जानकारी गराएको छैनन् ।

नेपाली राष्ट्रिय भलिबल टोली

धन बहादुर भट्ट क्षेत्री, धिरज काजी बस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल वि.क., रविन नगरकोटी, नृपध्वज बस्नेत, हरि हजुर थापा, सुजन सुनार, सन्तोष राई ‌।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

सानदार पुनरागमनमा काठमाडौं विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

Success

Thank you for your time.