default_image

1 week ago

December 1, 2025

शिथिल फुटबल, जागेको क्रिकेट र उठ्दै गरेको भलिबल

883 views

0 Bookmark

रमेश पराजुली

काठमाडौं – नेपाली खेलकुदको परिदृश्य आज एउटा विचित्र विरोधाभासबिच बाँधिएको छ । एकातर्फ ठूला आर्थिक स्रोत र सम्भावनाले भरिपूर भएपनि संरचनात्मक कमजोरी, व्यवस्थित व्यवस्थापनको अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा लगातार पतनको मार्गमा अगाडि बढिरहेको फुटबल छ ।

अनि अर्कोतिर सीमित साधनका बाबजुद व्यवस्थित योजना, पारदर्शिता र उत्साही प्रशंसकको कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै गरेको क्रिकेट र स्थानीय तहमै टुंगो लगाएर उठ्दै गरेको भलिबल छ । यो विरोधाभास नेपाली खेल जगतको सबैभन्दा कठोर र चुनौतीपूर्ण यथार्थ हो ।

स्रोतमा धनी र प्रदर्शनमा अति गरीब बनेको फुटबल

अखिल नेपाल फुटबल संघ (एन्फा) देशको सबैभन्दा ठूलो बजेट, फिफा र एएफसीजस्ता अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने भरपूर अनुदान र सरकारी प्राथमिकता पाउने संस्था हो । सन् २०२५ मा मात्र एन्फाले फुटबल विकास, प्रशिक्षण र प्रतियोगिताका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको तथ्यांक छ । फिफा र एएफसीबाट मात्र ३३ करोड भन्दा बढी अनुदान प्राप्त भएको थियो । यस्तो माहौलमा फिफाले राम्रो परियोजना भएमा एकै वर्षमा २५ मिलियन डलर अर्थात् साँढे तीन अर्ब नेपाली रुपैयाँसम्मको अनुदान दिन सक्ने सम्भावना छ ।

तर यति ठूलो आर्थिक स्रोत र अन्तर्राष्ट्रिय समर्थन हुँदाहुँदै पनि एउटा नियमित, प्रतिस्पर्धात्मक ए–डिभिजन लिग समेत सञ्चालन गर्न सक्ने स्थिति एन्फाको छैन ।

अन्तिम पटक लिग सन् २०२३ (२०७९) मा सम्पन्न भएको थियो र त्यसपछिका दुई सिजनभन्दा बढी समयदेखि देशमा कुनै पनि राष्ट्रियस्तरको प्रतियोगिता हुन सकेको छैन ।

यसले गर्दा फुटबलको राष्ट्रिय टोलीको तयारीमा गहिरो चोट पुगेको छ । फिफा वरीयता अनुसार नेपाली पुरुष राष्ट्रिय टोली हाल विश्वको १ सय ८२ औं स्थानमा छ । नियमित प्रतियोगिता नहुनु, प्रशिक्षित खेलाडीको अभाव, अनुभवको कमी र व्यवस्थापनको कमजोरीले प्रदर्शन निरन्तर खस्कँदै गएको छ ।

विगतमा जब नियमित लिग चल्थ्यो, दशरथ रंगशाला सधैं दर्शकले भरिन्थ्यो, राष्ट्रिय टोली नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी हुन्थ्यो र क्लब फुटबलका म्याचहरूमा स्थानीय तथा विदेशी फ्यानहरूको उत्साह देखिन्थ्यो ।

अहिले त्यो ऊर्जा, अवसर र सम्भावना लगभग गुमिसकेको छ । प्रश्न उठ्छ– प्राप्त बजेट र अनुदान कहाँ खर्च भयो ? रंगशाला र मैदानहरू किन खेल्न योग्य छैनन् ? क्लब फुटबल स्थिर नभएको अवस्थामा स्पन्सर, दर्शक र खेल–पर्यटन कसरी जीवन्त रहन्छ ? यी सबै प्रश्न अझै पनि अनुत्तरित छन् र एन्फाका तर्फबाट कुनै पारदर्शी जवाफ आएको छैन ।

क्रिकेट : सीमित स्रोतमा असीमित सफलताको कथा

फुटबलको वर्तमान दुरावस्थाको ठीक विपरीत नेपाली क्रिकेटले सीमित स्रोत र बजेटका बाबजुद आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त खेलको रूपमा स्थापित गर्न सफल भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) ले यसको केन्द्रबिन्दुको रुपमा काम गरेको छ ।

एनपिएलले मात्रै हैन, घरेलु प्रतियोगिताहरू, युवा विकास कार्यक्रम र सुव्यवस्थित प्रबन्धनले गर्दा क्रिकेटले अन्तर्राष्ट्रिय मान्यता, प्रतियोगिताको स्तर र दर्शक आकर्षणमा ठूलो सुधार गरेको छ । यसले नेपाली क्रिकेटलाई विश्वको मानचित्रमा थप परिचित र शक्तिशाली बनाएको छ ।

सीमित स्रोतमा पनि राष्ट्रिय टोलीको प्रदर्शन, विश्वकपमा क्वालिफाइङ सहभागिता र युवा खेलाडीहरूको विकासले क्रिकेटले ‘नेपालमा खेलबाट पनि भविष्य बनाइन्छ’ भन्ने सशक्त सन्देश दिएको छ ।

यसले गर्दा नयाँ पुस्ताका लाखौँ नेपाली युवाहरूमा क्रिकेटप्रतिको अभूतपूर्व आकर्षण र विश्वास जागेको छ । क्रिकेटको यो सफलताको मूल आधार भनेको यसको व्यवस्थापनमा रहेको पारदर्शिता, दीर्घकालीन योजना र कार्यान्वयनको ईमानदारी हो ।

उठ्दै गरेको भलिबल

क्रिकेटजस्तै भलिबलले पनि सीमित बजेट र स्रोतभए तापनि आफ्नो अस्तित्व र गतिशीलता कायम राखेको छ । भलिबलको सबैभन्दा ठूलो शक्ति भनेको यसको स्थानीय तहमा रहेको सक्रियता नै हो । स्थानीय क्लब, विद्यालय, महिला र युवा स्तरसम्म
नियमित टूर्नामेन्ट, प्रशिक्षण र सहभागिताले यस खेललाई सञ्जीवनी दिइरहेको छ ।

यसले भलिबललाई ‘उठ्न थालेको खेल’ बनाएको छ र समुदायस्तरमा उत्साह, सहभागिता र विश्वास कायम राखेको छ । यो खेल सधैँ सामुदायिक सहकार्य र सहभागिताबाट ऊर्जा लिन सफल भएको छ, जसले गर्दा यसले आफ्नो मर्म र जीवन्तता कायम राख्न सकेको छ ।

समस्या स्रोतमा होइन, व्यवस्थापन कमजोर बन्यो आजको यथार्थ यस्तो छ कि नेपाली खेलकुदमा विभाजन केवल स्रोत र लोकप्रियताको आधारमा होइन, व्यवस्थापन, पारदर्शिता, दीर्घकालीन योजना र कार्यान्वयनको आधारमा छ ।

फुटबलमा भएको संकट र क्रिकेट र भलिबलले पाएको सापेक्ष सफलताले यो कुरो स्पष्ट पार्छ कि खेलको विकासको लागि रकमभन्दा पनि राम्रो संचालन र दूरदृष्टि नै ठूलो कुरा हो । अझै पनि एन्फा सुध्रिँदैन भने, एन्फा विघटन गरेर राज्यले एन्फामा गर्ने लगानी अन्य खेलमा पो गर्ने हो कि भनेर समेत प्रश्नहरू समाजमा उठिरहेका छन् ।

कहाँ र किन चुके ?

शिथिल फुटबल र जागेको क्रिकेटसँगै भलिबल पनि बिस्तारै बामे सर्दैछ । अझ भन्दा क्रिकेट दौडको धेरै अगाडि पुगिसकेको छ भने भलिबल एक तह अगाडि बढेर टुकु टुकु हिँड्न थालिसकेको छ ।

प्रश्न अब यही हो कि स्रोत पाएको फुटबल कहिले उठ्छ ? के नेपालमा फुटबल लीग फेरि सुरु हुन्छ ? हुन्छ भने कहिले हुन्छ ? नेपाली खेलप्रेमीको हृदयमा यही एउटा प्रश्न ठूलो रूपमा खटिरहेको छ, र यसको उत्तर पाउनु नै आजको समयको सबैभन्दा ठूलो अपेक्षा हो ।

लेखक पराजुली रुप्से होलिडेज प्रालिका संस्थापक तथा एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली ललितपुर क्विन्सका मालिक हुन् ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.