9 years ago
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)–नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार र रिफ्रेसर कोर्स मंगलबार सुरु भएको छ । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको हलमा सुरु भएको सेमिनार नवौं र रिफ्रेसर कोर्ष आठौं हो ।

विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो । उक्त कोर्सको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शंम्सेर राणा र महासचिव दिपराज गुरुङले लगायतले उद्घाटन गरे । सो अवसरमा महासचिव गुरुङले डब्लुटिएफले तेक्वान्दोमा केही नयाँ नियम जारी गरेका कारण कोर्स सुरु गरिएको बताए ।
चैत ३ गते सम्म हुने ग्यरोगीतर्फका कोर्षमा कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको कोर्सका प्रशिक्षक समेत रहेका गोविन्द शर्माले जानकारी दिए । जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायकको सहभागीता रहेका छ ।
उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ,कोरियन प्रशिक्षक क्वान योङ दल र गोविन्द शर्माले प्रशिक्षण दिएका छन् । कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुने बताइएको छ ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]