9 years ago
March 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियन जोनल चेस च्याम्पियनसिप शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा विश्व चेस महासंघ (फिडे) को आधिकारिक प्रतियोगिताको रूपमा रहेको विश्वकप चेसको छनोट प्रतियोगिता एशियन जोनल ३.२ चेस च्याम्पियनसिप चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गरायो ।

च्याम्पियनसिप कान्तिपथस्थित होटल यलो प्यागोडामा हुनेछ । च्याम्पियनसिपमा एशियन जोनल ३।२ मा पर्ने दक्षिण एशियाका ६ राष्ट्रहरू नेपाल, बगंलादेश, भुटान, माल्दिभ्स, श्रीलकां र पाकिस्तान सहभागी हुनेछन् । प्रतियोगितामा नेपालबाट महिला र पुरूषतर्फ शीर्ष १० औं वरियता प्राप्त र पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा शीर्ष १० मा परेका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् ।
स्विस लिग अनुसार सन्चालन हुने प्रतियोगीता सञ्चालनको लागि प्रमुख आर्विटरको रूपमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमार आउनेछन् । च्याम्पियनसिपको विजेताले फिडे वल्र्ड चेस च्याम्पियनसिप साईकल २०१६/२०१८ अन्तर्गत आगामी सेप्टेम्बर २ देखि २८ तारिखसम्म जर्जियामा हुने फिडे वल्ड कपमा सहभागिता जनाउन पाउनेछन् । खुल्लातर्फको विजेता १५ सय अमेरिकी ठलर प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले एक हजार तथा तेस्रो हुनेले पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको विजेताले अन्तर्राष्ट्रिय मास्टर ९आइएम० को उपाधि प्राप्त गर्नेछन् । यसैगरी ९ खेलबाट ६४ प्रतिशत अकं ल्याउने खेलाडीले फिडे मास्टर ९एफएम० र ५० प्रतिशत अकं प्राप्त गर्नेले क्यान्डिडेट मास्टर ९सिएम०को उपाधि जित्नेछन् ।
एशियन जोनल ३।२ चेस च्याम्पियनसिप नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । यसअघि २०७१ सालमा पनि नेपालमा यो च्याम्पियनसिप आयोजना भएको थियो ।क रिब ३० लाख खर्च लाग्ने प्रतियोगीता सन्चालन गर्न एशियन चेस फेडेरेसनले ५ हजार डलर उपलब्ध गराएको प्रतियोगिता संयोजक नारायण दासले जानकारी दिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]