9 years ago
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका ग्रान्डमास्टर जीआउर रहमानले एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा एकल अग्रता लिएका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बुधबार चौथो चरणको समाप्तीमा जीआउरले ३.५ अंक बटुलेका छन् । उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई हराए ।

नेपालका पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले ३ अंक जोडेका छन् । उनले चौथो चरणमा श्रीलंकाका कालु गाम्मीटीया आरएसलाई हराए । हिमाल लामा, बंगलादेशका अन्तराष्ट्रिय मास्टर अबु समियन सकिल र भगवती प्रशाद शर्माको समान २ अंक छ । हिमालले क्षितिज भण्डारी, सकिलले बद्रीलाल नेपाली तथा भवगतीले सजिन मर्हजनलाई हराए ।
महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार चौथो जित हात पार्र्दै शीर्षस्थानमा रहेकी छिन् । उनले बुधबार सरमिन समिहा समिमीलाई हराइन् । डब्लु आइएम समिमा अख्तरलाई तीन अंक सहित उनलाई पछ्याइरहेकी छिन् । उनले चौथो चरणमा श्रीलंकाकी साउमी जैनेबलाई पराजित गरिन् ।
बंगलादेशका नजराना खान र सुल्ताना सरमिन सिरिनबीचको खेल बराबरीमा टुंगियो । उनीहरुको समान २.५ अंक छ । अन्य खेलमा बंगलादेशकी मोहमुदा हम चौधरीले सबिना श्रेष्ठलाई ,मतीना कुसीले सिन्दीरा जोशी तथा शान्ता थापाले पुनम प्रसाइलाई हराइन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]