default_image

9 years ago

March 22, 2017

एमेच्योर गल्फमा नेपाल ‘बि’को जित

178 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको छ

dsc01461

पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडे भने मंगलबार २ ओभर ७४ अंक बनाएका शुक्र बहादुर राईले इभन पार ७२ जोडे।

दोश्रो स्थानमा बंगलादेशका मोहम्मद शाह आलम र मोहम्मद सोमरात सिक्दार रहे भने तेश्रो स्थान ‘ए’ को प्रतिनिधित्व गरिरहेका टंक बहादुर कार्की र तेन्जिङ छिरिङको जोडी रह्यो

व्यक्तिगत विधा तर्फ भने शिव कुमार माझी शिर्षस्थानमा आइपुगेका छन्। दोश्रो दिन बुधबार १ ओभर ७३ बनाएका माझीले समग्रमा १ ओभर १४५को स्कोर बनाउँदै दोश्रो स्थानमा रहेका शुक्र बहादुर राईलाई १ स्ट्रोकले पछाडी पारे। तेश्रो स्थानमा वाङचेन धन्दुप ३ ओभर १४७ लिएर बसेका छन्। पहिलो दिनमा अग्रस्थानमा रहेका हृदेश सिंह भने ४ ओभर १४७को स्कोर बनाउँदै टाशी दोङ र टाशी छिरिङसंग चौथो स्थानमा रहेका छन्

४८ खेलाडी सम्मिलित प्रतियोगिताको अन्तिम दिन बिहिबार ३० खेलाडीले अन्तिम चरणमा सहभागी हुन पाउनेछन। साथसाथै २४ सिनियर गल्फरले ९ होलको सिनियर प्रतियोगिता पनि भोलि खेल्ने कार्यक्रम रहेको छ।

 

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.