9 years ago
March 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्।

पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी हान्नबाट चुकेपछि खेल प्लेअफमा पुगेको थियो। तर पहिलो एक्स्ट्रा होलमै टासीले शुक्रलाई पराजित गरेका थिए। अन्तिम दिनको खेलमा टासीले १ अन्डर ७१ बनाए भने शुक्रले १ ओभर ७३ जोडेका थिए। समग्रमा ४ ओभर २२० जोडेका वाङचेन धन्दुप चौथो स्थानमा रहे।
प्लेअफको पहिलो एक्स्ट्रा होलमै टाशीले शुक्रलाई पराजित गरेका थिए टासीले बर्डी प्रहार गर्दै उपाधि आफ्नो पोल्टामा पारेका थिए भने शुक्र ग्रीन बाहिरबाट सट प्रहार गर्दा चुकेका थिए। सातौं संस्करणसम्म आइपुग्दा टासी यस प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।
अन्तिम दिनको खेलमा टासीले १ अन्डर ७१ बनाए भने शुक्रले १ ओभर ७३ जोडेका थिए समग्रमा ४ ओभर २२० जोडेका वाङचेन धन्दुप चौथो स्थानमा रहे।
दिनको खेलमा टंक बहादुर कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३ अन्डर ६९को स्कोर बनाए र समग्रमा ७ ओभर २२३ बनाउँदै चौथो स्थानमा रहे। अघिल्लो दिनका लिडर शिव कुमार माझीका लागि भने अन्तिम दिन विर्सनलायक रह्यो उनले ८ ओभर ८० बनाउदै पाँचौ स्थानमा चित्त बुझाए।
१६ वर्षभन्दा मुनिको उमेर समूहको प्रतियोगितामा भने तेन्जिङ छिरिङले २२८ अंक जोड्दै उपाधि जिते। तेन्जिङ एमेच्योर विजेता टासी छिरिङका छोरा हुन्। दोश्रो स्थानमा रहेका सुबाश घिसिङले २४९ बनाए। ५० वर्ष भन्दा माथि उमेर समुहको उपाधि भने रबिन्द्र राज पाण्डेको नाममा रह्यो। उनले १८ अंक जोडेका थिए।
यसअघी बुधबार भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको थियो। सन् २००४मा टासी घले र सीवी भण्डारीले उपाधि जितेयता नेपाली टोलीले उपाधि जितेको यो दोश्रो पटक हो।
पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडेका थिए भने मंगलबार २ ओभर ७४ अंक बनाएका शुक्र बहादुर राईले बुधबार इभन पार ७२ जोडेका थिए।
दोश्रो स्थानमा बंगलादेशका मोहम्मद शाह आलम र मोहम्मद सोमरात सिक्दार रहे भने तेश्रो स्थान ‘ए’ को प्रतिनिधित्व गरिरहेका टंक बहादुर कार्की र तेन्जिङ छिरिङको जोडी रह्यो।
नेपाल गल्फ एसोसिएसनका अध्यक्ष मधुकर याक्थुम्बा, सल्लाहकार प्यार जंग थापा, उपाध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, महासचिव टासी घले लगायतले पुरस्कार वितरण गरेका थिए। ४८ खेलाडीले भाग लिएको प्रतियोगितामा बंगलादेश, भुटान र नेपालका खेलाडीहरुको सहभागिता रहेको थियो। अन्तिम चरणमा ३० खेलाडी छानिएका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]