9 years ago
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा ठूलो सफलता प्राप्त गरेका छन् । १९३५ रेटेड सुमितले पाँचौं चरणको खेलमा बिहीबार ग्रान्डमास्टर (२४७४ रेटेड) एमानुएल हुेसनलाई हराएका छन् । सुमितले पहिलो चरणमा आइएम अबु सफियन सकिललाई हराउदै प्रतियोगिताको सुरुआत गरेका थिए । बिहीबारको सफलतापछि सुमितको ३.५ अंक पुगेको छ ।

सुमित पन्त
नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्साद र अब्दुल्ला अल रकिब ४ चारसहित संयुक्तरुपमा शीर्षस्थानमा छन् । नियाजले पाँचौ चरणमा शीर्ष वरियताका बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमानलाई हराए । जिआउर सहित सुमित ,केशव श्रेष्ठ तथा बंगलादेशी फीडे मास्टरद्वय हसन मेहन्दी र सहमान सायद मुजफुरको समान ३.५ अंक छ ।
नेपालका पूर्व राष्ट्रिय च्याम्पियन २०७७ रेटेड केशवले पाचौ चरणमा बंगलादेशका अन्तराष्ट्रिय मास्टर २३४३ रेटेड अबु सफीयन सकिलसँग बराबरी गरे । बंगलादेशका २२६३ रेटेड हसनले १८४८ रेटेड भगवती प्रसाद शर्मालाई हराए ।
पाचौ चरणमा बराबरी गरेका फीडे मास्टर रहमान मोहम्मद तैबुर र हिमाल लामाको समान ३ अंक छ । श्रीलंकाका कालुगम्पीटीया आरएस,मदनकृष्ण कायस्थ र क्षितिज भण्डारीको पनि ३ अंक छ । आरएसले सुमन राइ, मदनले आशिष फुयाल तथा क्षितिजले मिलन लामालाई हराए ।
महिला तर्फ बंगलादेशी डब्लुआइएम हमिद रानी लागातार पाचौ जित हात पार्न सफल भएकी छिन् । १९९० रेटेड हमिदले पाचौ चरणमा बंगलादेशकै डब्लुएफएम १९०४ रेटेड नजराना खानलाई माथ दिइन् । डब्लुआइएम २०७७ रेटेड समिमा अख्तर ४ अंकसहित दोस्रो स्थानमा छिन् । उनले बंगलादेशकै डब्लुएफ १९९८ रेटेड सुल्ताना सरिन सिरिनलाई हराइन् ।
श्रंीलंकाकी साउमी जैनेब र बंगलादेशकी डब्लु सिएम मोहमुदा हक चौधरीको साथमा अर्की बंगलादेशी खेलाडी सरमिन समिहा सिमीमीको समान ३ अंक छ । जैनेबले शान्ता थापा तथा चौधरीले मतीना कुसीलाई हराइन् । समिमीले सिन्दिरा जोशीलाई र सबिना श्रेष्ठले पुनम प्रसाइलाई हराइन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]