9 years ago
May 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित विभिन्न अनाथ आश्रममा रहेको करिब २ सय ५० बालबालिकालाई १० महिने निशुल्क प्रशिक्षण सुरु गरेको छ ।

विश्व तेक्वान्दो महासंघको सहयोगमा संघले विभिन्न आठ आश्रममा रहेका २ सय ५० बालबालिकालाई १० महिनासम्म विशेष प्रशिक्षण गराउने छ । तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित अनाथ बालबालिकालाई निशुल्क प्रशिक्षण गराउन लागेको हो । प्रशिक्षण सोमबारबाट सुरु भएको छ । प्रशिक्षणमा पाँच वर्षभन्दा माथिका बालबालिकाको सहभागिता रहेको छ ।
नेपाली तेक्वान्दोका कीर्तिमानधारी खेलाडी दिपक विष्टले अनाथ बालबालिकालाई तेक्वान्दोमार्फत कसरी देशको नाम राख्न सकिन्छ भनेर नै अनाथ बालबालिकालाई तेक्वान्दोको विशेष प्रशिक्षण दिने प्रयास गरेको बताए । ‘यो भन्दा अघि संघले पारा तेक्वान्दोलाई विशेष प्रशिक्षण दिएको थियो । पारा तेक्वान्दोले अन्तर्राष्ट्रिय पदक दिलाएको छ ’ विष्टले भने, ‘उनीहरुलाई हामीले विशेष प्रशिक्षण दिनेछौ अनाथ बालबालिकामा पनि अन्तर्राष्ट्रिय पदक जित्ने क्षमता छ ।’
यस्तै विष्टले विशेष प्रशिक्षणमा राम्रो प्रदर्शन गर्ने अनाथ बालबालिकालाई राष्ट्रिय टिममा समावेश गरिने जानकारी दिए । उनले भने, ‘प्रशिक्षण पनि यी खेलाडीलाई जिल्ला देखि राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउने छ ।’ कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले गरेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]