9 years ago
May 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक आयोजित ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिताको पहिलो चरणका ५ खेल आज सम्पन्न भएका छन्।

दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजित पहिलो चरणको खेलमा डान्सिङ याक र म्याक्स बक्सिङ प्रोमोसनका ५/५ बक्सरहरु भिडेका थिए। पहिलो खेलमा याकका पदम थापाले म्याक्सका उरेन्द्र बुढा मगरलाई पराजित गरे भने दोश्रो खेलमा म्याक्सका आकाश सुबेदी याकका सबिन गुरुङसँग पराजित भए। तेश्रो खेलमा पनि याकका मनिष डंगोलले म्याक्सका सरोज सेवाललाई पराजित गरे। अन्तिम दुइ खेलमा भने म्याक्सका बक्सरहरुले जित हात पारे। गणेश थापाले जेनिश राइलाई पराजित गरे भने सुरेन्द्र कार्कीले अनुज भण्डारीको चुनौतीलाई मथ्थर पारे।

पहिलो चरणका विजेताहरु स्वत: दोश्रो चरणमा प्रवेश गर्नेछन् भने पराजित भएका बक्सरहरुले पनि अन्डरडग क्वालिफायार्समा भाग लिन पाउनेछन्। प्रतियोगिता संयोजक म्याक्स बस्नेतले पहिलो चरणले खेलाडीहरुको स्तर मापन गर्न सहयोग पुगेको र अब अर्को चरणका लागि खेलाडीहरुले थप तयारी गर्ने बताए। “हामीले पहिलो चरणमा उतारेका १० बक्सरमध्ये विजयीहरु डेढ महिनामा हुने दोश्रो चरणका लागि प्रवेश गरिसकेका छन्। तर पराजितमध्य पनि केहि बक्सरहरुलाई हामीले अन्डरडग छनोटमा अवसर दिने निर्णय गरका छौं।”

पहिलो चरणका सबै खेलको नतिजा निर्णायकहरुको अंकको आधारमा गरिएको थियो। प्रत्यक खेल ५ राउण्डको खेलिएको थियो। च्याम्प अफ च्याम्पियन्सको प्रथम हुने खेलाडीले दुई लाख. रुपैंया जित्नेछ भने दोश्रो र तेश्रो हुनेले क्रमश: तीस हजार र बीस हजार नगद पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट बक्सरले डब्लु.बी.सी एसिया र डब्लु.बी.सी को लागि प्रो बक्सिङ लाइसेन्स प्राप्त गर्नेछ। प्रतियोगिताको दौरान महिला बक्सरहरुको प्रदर्शनी खेल पनि समावेश रहने छ। प्रतियोगिताको आयोजना म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले गरेका हुन्।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]