9 years ago
May 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जर्मनीमा आयोजना हुने विश्व टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

मे २९ देखि जुन ५सम्म हुने प्रतियोगितामा २ महिला र २ पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ र स्वेच्छा नेम्वाङले च्याम्पियनसिपमा चुनौति पेश गर्नेछन् ।
टोलीको व्यवस्थापकमा नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य छन् । अध्यक्ष वैद्यले त्यस दौरान विश्व टेबलटेनिस महासंघको साधारणसभामा पनि भाग लिने बताइएको छ ।
नेपाली खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले शुक्रबार विदाई गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]