9 years ago
May 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालले मिक्स डबल्समा जितका साथ यात्रा प्रारम्भ गरेको छ ।

बंगलादेशका खेलाडीसँग प्रतिस्पर्धा गर्दै नेपाली टेबल टेनिस खेलाडी अमर मल्ल र नविता श्रेष्ठ (दायाँतर्फ) । तस्बिरः चतुरानन्द राजवैद्य
नेपाली अमर मल्ल र नविता श्रेष्ठको जोडीले बंगलादेशका महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई ३–० को सोझो सेटमा हराएको जर्मनीबाट नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन् ।
एकतर्फी खेलमा नविता र अमरको जोडीले ११–३,११–५ र ११–७ सहज जित निकालेको थियो । नविता र अमरले आजै दोस्रो चरणको खेल खेल्नेछन् ।
यही प्रतियोगिताका दौरान बुधबार अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको निर्वाचनमा भाग लिन अध्यक्ष राजवैद्य टोलीसँगै जर्मनी पुगेका छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]