8 years ago
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो ।

उपाधिका साथ शिवराम श्रेष्ठ ।
उपाधि जित्नाका वावजुद उनले आफ्नो प्रदर्शनलाई अहिले सम्मकै खराब भएको बताए । ‘आजको सुरुआत नै राम्रो भएन,’ उनले भने,‘मेरो दिनको पहिलो सर्ट बिग्रेपछि लगातार विग्रन्छ । आज मैले जति खराब खेले त्यो भन्दा खराब सूर्यप्रसाद शर्माले खेले जसका कारण मैले उपाधि जिते ।’
पार–७२ को गोकर्ण गल्फ क्लबमा बिहिबार च्याम्प्यिनसिपको अन्तिम दिन शिवरामले सुर्य प्रसाद र सन्जय लामामाथि ३ स्ट्रोकको अग्रतासहित जित हासिल गरेका थिए । शिवरामले बिहीबार खराब प्रदर्शन गर्दै चार ओभर ७६ स्कोर कार्ड बनाएपनि समग्रमा ३ स्ट्रोकको जित हात पारे ।
सूर्यले अन्तिम दिन दुई ओभर ७४ स्कोरको खराब प्रदर्शन गरे । सूर्यसँगै संयुक्त रुपमा दोस्रा भएका सन्जयले भने १ अन्डर ७१ को कार्ड बनाए । शिवरामले चौथो दिनसम्म कुल १४अन्डर २ सय ७४ को कार्ड बनाउँदा सूर्य र सन्जयले समान ११ अन्डर २ सय ७७ को प्रदर्शन गरे । उपाधिसहित शिवरामले २ लाख २० हजार रुपैयाँ प्राप्त गरे ।
५ स्ट्रोकको अग्रताका साथ चौथो दिनको खेल सुरुआत गरे शिवरामले फ्रन्ट नाइनमा खराब प्रदर्शन गर्दा सूर्यभन्दा ३ स्ट्रोकले पछि परे । तर ब्याक नाइनमा सूर्यले तुलनात्मक रुपमा झनै खराब खेलेपछि शिवरामलाई उपाधि जित्न सहज भएको थियो ।
फ्रन्ट नाइन सम्मको खेलमा उपाधि नजिक पुगेका सूर्यले ब्याक नाइनमा खराब प्रदर्शन गरेपछि उपाधिबाट विमुख हुनु पर्यो । सूर्यले बर्डिजका साथ १० औँ होलको समाप्तीमा शिवराममाथि ३ स्ट्रोककोअ अग्रता लिएका थिए । तर १५औँ र १७औँ होलमा ट्रिपल बोगी खेप्नु परेपछि सूर्यका लागि उपाधि यात्रा कठिन बनेको थियो । सूर्य र सञ्जयले समान १ लाख १२ हजार रुपैयाँ प्राप्त गरे ।
शिवरामले फ्रन्ट नाइनमा ५ ओभर ४१ को खराब प्रर्दर्शन गरेपनि ब्याक नाइनमा सुधार गर्दै १ अन्डर ३५ को कार्ड बनाए । टि सट प्रहार जंगलमा पुगेपनि पारबाट दिनको सुरुआत गरेका शिवरामले तेस्रो होलमा बोगीको सामना गरे । चौथो होलमा पनि उनले दुई सट खेर फाले । आठौँ होलमा पनि उनले डबल बोगीको खेपेपछि सूर्यले अग्रता बनाएका थिए । ब्याक नाइनको ११औँ र १२औँ होलमा बर्डिज गरेपनि १५औँ होलमा फेरी शिवरामले बोगीको सामना गरे ।
सूर्यले भने तेस्रो,छैठौँ र सातौँ होलमा बर्डिज गर्नु अघि पहिलो होलमा बोगी खेप्दै खेलको सुरुआत गरेका थिए । ब्याक नाइनको १०औँ र ११औँ होलमा बर्डिज गर्न सफल सूर्यले १५औँ र १७औँ होलमा ट्रिपल बोगी प्रहार गरे । सन्जयले फ्रन्ट नाइनमै १ अन्डर ३५ स्कोर गरेपनि ब्याक नाइनमा खराब प्रदर्शन गरे ।
आर्मीका प्रो.धन बहादुर थापा(७७)ले कुल दुई अन्डर २ सय ८६ स्कोरका चौथो र गोकर्णका भुवन नगरकोटी(७३) कुल २ सय ८७ स्कोरका साथ पाँचौँ स्थान रहे । धनबहादुरले ७४ हजार र भुवनले ६५ हजार रुपैयाँ पाए ।
२ ओभर २ सय ९० को कार्ड बनाउँदै शिवरामका दाजु जयराम श्रेष्ठ छैटौं भएर उनले ६० हजार रुपैयाँ जिते । २ सय ९२ कार्ड बनाउँदै सातौँ स्थान प्राप्त गरेका राजेन्द्र थापा मगरले ५५ हजार रुपैयाँ प्राप्त गरे । रवि खड्का र तीर्थ पौडेल समान २ सय ९३ प्रदर्शनका साथ संयुक्त रुपमा आठौंमा रहे । रामे मगर र बलभद्र राईले पनि २ सय ९४ स्कोर बनाएपछि दसौं स्थानमा रहे ।
धरानका शुक्र राई(७७)ले ५ ओभर २ सय ९३ स्कोरको प्रदर्शन गर्दै एमेच्योर तर्फको उपाधि जिते । टंक बहादुर कार्की (७७)ले २ सय ९९ को कार्ड बनाउँदै दोस्रो भए । प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रा.लीका प्रबन्ध निर्देशक अभिमन्यु पोदार र नेपाल गल्फ संघका अध्यक्ष टासी घलले पुरस्कृत गरे ।
७२ होलमा खेलिएको सूर्य नेपाल गल्फ टुर २०१६–०१७ को अन्तिम इभेन्टमा ३६ प्रोफेशनल गल्फर र १२ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]