8 years ago
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आयोजना गर्ने सिएमएस जुनियर गल्फ विकास कार्यक्रमलाई इन्टरनेशनल सोसाइटी अफ मेडिकल एजुकेशन (आइएसएमइ)ले प्रायोजन गरेको छ।

आइएसएमइले नेपाली गल्फ विकासको लागि एक वर्षसम्मको लागि सम्झौता गरेको हो। सम्झौता पत्रमा आइएसएमइका प्रमुख नगेन्द्र पम्पाटी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। आइएसएमइका प्रमुख पम्पाटीले कार्यक्रमको सफलता अनुसार आफु प्रभावित भएमा सम्झौता थपिदै जाने बताए। “हाम्रो लक्ष्य भनेको जुनियर स्तरबाटै गल्फको विकास गरेर नेपालमा गल्फरहरुको स्तरोन्नति गर्नु हो। मैले धेरै पहिलादेखि नेपाल गल्फ संघसँग यसप्रकारको कार्यक्रमबारे कुरा गर्दै आएको थिएँ, र अहिले यस्तो मौकामा केहि सहयोग गर्न पाउँदा म एकदम खुसि छु।”
प्रशिक्षणमा सहभागी खेलाडीमध्येबाट उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय टिममा राखी थप प्रशिक्षण र विभिन्न प्रतियोगिता खेल्नको लागि अवसर प्रदान गरिने संघका अध्यक्ष टासी घलेले जानकारी गराए। “हामीले यहि महिनाबाट ४३ साताको लागि प्रशिक्षण गर्ने लक्ष्य राखेका छौं। नेपाल गल्फ संघ अन्तर्गतकै गल्फ प्रशिक्षकहरुले खेलाडीहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने गल्फरहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पनि हामीले कार्यक्रम ल्याउने लक्ष्य लिएका छौँ।”

गल्फको प्रशिक्षण कार्यक्रम काठमाडौं, पोखरा र धरानमा हुनेछ । धरान र पोखरामा हप्तैपिच्छे प्रशिक्षण र तीन प्रतियोगिता हुनेछ भने काठमाडौंमा फाइनलसहित पाँच प्रतियोगिता हुनेछ। काठमाडौँको प्रशिक्षण रोयल नेपाल गल्फ क्लब र प्रतियोगिताहरु गोकर्ण गल्फ रिसोर्टमा हुने नेपाल गल्फ संघका विकास निर्देशक दिपक आचार्यले जानकारी दिए।
निशुल्क प्रशिक्षणमा मोफसलबाट ३०–३० जना र काठमाडौंबाट करिव ५० जनाले प्रशिक्षणमा सहभगिता जनाउने छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]