9 years ago
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पोखरा रंगशालाको प्रारम्भिक डिजाईन सार्वजनिक भएको छ । यसैवर्ष भित्र निर्माण कार्य शुरु हुने अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच रंगशालाको प्रारम्भिक खाका सार्वजनिक गरिएको हो ।

खाका अनुसार पोखरा रामबजारस्थित हाल रहेको रंगशालालाई भत्काएर त्यस स्थानमा नयाँ सुबिधासम्पन्न रंगशाला बनाइनेछ । अनुमानित ८५ करोड लागत लाग्ने रंगशाला ४ सय रोपनी जग्गामा फैलने छ । जसमा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित अन्तर्राष्ट्रिय स्तरको एथलेटिक्स ट्रयाक रहनेछ । निर्माणको जिम्मेवारी पाएको संस्था एन. डी इन्जिनियरिङ कन्सल्टेन्टले पोखरा रंगशालाको डिजाइन प्रस्तुत गरिएको थियो । एन. डी इन्जिनियरिङ कन्सल्टेन्टले तयार पारेको ढाचाअनुसार रंगशाला करिब ३० हजार दर्शक क्षमताको बन्नेछ । रंगशालाको चार दिशामा प्याराफिट रहनेछ । पोखरा रंगशालामा हाल दुई स्थानमा मात्र प्याराफिट रहेको छ ।
नयाँ बन्ने रंगशालामा आम दर्शकसँगै भिआइपी, मिडिया, अपाङ्ता भएका दर्शकहरुलाई उपयुक्त हुने गरी प्याराफिट बन्नेछ । जसका लागि डिजाइन कम्पनीले १४ वटा ब्लक तयार गरेर रंगशालाको रुप तयार गरेको छ । प्राकृतिक घास रहने रंगशालामा रातको समयसहित सबै खाले मौसममा फुटबल खेल्न मिल्ने पनि हुनेछ । साँझमा खेल्न मिल्ने गरी रंगशालाको चारै भागमा ब्याकअप सहितको फ्लड लाइट हुनेछ । यस्तै चारै तिरका दर्शकलाई हुने गरी दुई स्थानमा डिजिटल स्कोर बोर्ड पनि प्रारम्भिक खाकामा छ ।
दर्शक र भिआइपी बस्ने प्याराफिट दुई लेभल र सबैतिरको प्याराफिटतर्फ घाम र पानीको लागि फाइभरको छाना रहनेछ । यस्तै खेलाडी चेन्जिङ रुम, भिआइपी, रेफ्री, मेडिकल, मिडिया सेन्टर, दर्शकको लागि शौचालय लगायत स्थानहरु सुबिधा सम्पन्न हुनेछ । स्टेडियम प्रवेशको लागि दर्शकहरुको लागि चार स्थानमा प्रवेश द्वार र खेलाडी तथा भिआइपीहरुको लागि छुट्टै द्वार रहनेछ । रंगशालाको ठिक बाहिर पर्याप्त पार्किङको सुबिधा रहनेछ ।
आइतबार भएको छलफलपछि निर्माणको जिम्मेवारी पाएको संस्था एन. डी इन्जिनियरिङ कन्सल्टेन्टलाई युवा तथा खेलकुद मन्त्रालयले असार १५ गतेभित्र पूर्ण खाका ल्याउन आदेश दिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेस प्रसाद दाहालले आर्थिक वर्ष सकिनै लाग्दा र अर्काे आर्थिक वर्षमा काम गर्ने गरी वातावरण मिलाउन असार १५ गतेभित्रै पूर्ण खाका ल्याउन आग्रह गरेको हो । त्यसका लागि डिजाइन कम्पनीलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको इन्जिनियरिङ शाखा, अखिल नेपाल फुटबल संघ (एन्फा) लगायतका सरोकारवालासँग छलफल गरेर तयार पार्न भनेको छ ।
‘तीनै पक्षले आपसमा छलफल गरेर असार १५ गते भित्रै खाका ल्याउन सके नयाँ आर्थिका वर्षमा टेण्डर आह्वान गर्न सकिन्छ ।’ सचिव दाहालले भने, ‘१३ औं दक्षिण एसियाली खेलकुद नेपालमै आयोजना हुदैछ । त्यसैले पनि कम्तीमा एकवर्ष भित्र निर्माण सम्पन्न गर्न सकिए १३ औं साग समयमै गर्न सकिन्छ ।’ यस्तै सचिव दाहालले एन. डी इन्जिनियरिङ कन्सल्टेन्टले यति छिट्टै करिव तीन-चार महिनाको दौरानमा यस्तो खाका तयार हुनु खुशीको कुरा रहेको बताए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पा, एन्फाका महासचिव धिरेन्द्र प्रधान, राखेप इन्जिनियर शाखा प्रमुख अरुण उपाध्याय लगायतको उपस्थित रहेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]