default_image

8 years ago

July 2, 2017

खेल पत्रकारितामा आउने र जानेको ट्रेण्ड

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद पत्रकारिताको इतिहास त्यति लामो छैन । नेपाली खेलकुद पत्रकारिता अझै पनि बामे सर्ने अवस्थामा रहेको विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले बताएका छन् । आइतबार नेपाल खेलुकद पत्रकार मञ्चले २३ औं विश्व खेलकुद पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरेको ‘नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती’ बिषयको अन्र्तक्रियामा बोल्ने बक्ताहरुले खेल पत्रकारितामा आउने र छिट्टै जाने ट्रेण्ड रहेको बताएका हुन् ।

मञ्चले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, जनता टेलिभिजनका सम्पादक लक्ष्मण हुमागाँई र बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले नेपाली खेलकुद पत्रकारिताबारे आफ्नो धारणा राखेका थिए । अन्र्तक्रिया कार्यक्रममा बाह्रखरी डटकमका सम्पादक प्रतिक प्रधानले खेलकुद पत्रकारितामा राम्रा सम्भावना बोकेका व्यक्तिहरु आएपनि लामो समय काम नगर्ने प्रवृतिको कारण खेलकुद पत्रकारिता सोचे जस्तो विकास नभएको बताए । ‘नेपाली खेलकुद पत्रकारिता अझैपनि इभेन्ट बेसिसमा हुदै आएको पाएको छु ।’ सम्पादक प्रधानले भने, ‘कुनै पनि खेलकुद कार्यक्रममा गएर जित/हारको रिपोटिङ मात्रै नगरी विश्लेषणत्मक रुपमा रिपोटिङ गर्नुपर्ने क्षमता पत्रकारहरुमा हुनुपर्ने देखेको छु ।’ यस्तै प्रधानले समग्रमा हाल खेलकुद पत्रकारिता राम्रो हुँदै गएको बताउदै अन्तराष्ट्रिय क्षेत्रमा खेलकुदलाई अफिमको रुपमा विकास गर्ने गरेको तर नेपालमा भने खेलकुदका नेताहरुले गलत तरिकाले प्रयोग गरेको बताए ।

बाह्रखरी डटकमका सम्पादक प्रतिक प्रधान

द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल

जनता टेलिभिजनका जनरल म्यानेजर लक्ष्मण हुमागाई

यस्तै जनता टेलिभिजनका जनरल म्यानेजर लक्ष्मण हुमागाईले नेपालमा खेल पत्रकारिताको स्कोप राम्रो रहेपनि सस्थागत हुन नसको प्रतिक्रिया दिए । यस्तै द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले नेपालमा सम्पूर्ण पत्रकारिताको अभ्यास नै पूर्ण नरहेको उलेक्ख गर्दै खेलकुद पत्रकारिताको बिकासका लागि मिडिया हाउसले लगानी गर्न नसकेको बताए । ‘खेलकुदमा मात्र हैन सबै बिटको पत्रकारिताको लागि संस्थाले लगानी गर्न सकेको छैन ।’ सम्पादक रिमालले भने, ‘जसको कारण नेपाली पत्रकारिता उल्लेख्य रुपमा विकास हुन सकेको छैन ।’ सम्पादक रिमालले दर्शकहरुलाई स्टेडियमसम्म ल्याउन सक्ने रिपोर्टहरु तयार गर्न छाता संगठनले पत्रकारहरुलाई तालिमको व्यवस्था गर्नु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्यले नेपाली खेलकुद पत्रकारिता विस्तारै अघि बढ्दै गएको र सिक्नु पर्ने धेरै रहेको बताए । त्यस्तै कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदीले विश्व खेलकुद पत्रकारहरुको संगठन इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसियसन (एआइपीएस) का अध्यक्ष इटालीका जियानी मेर्लोले पठाएको पत्र वाचन गरेका थिए । सन् १९९४ देखि विश्वभर हरेक वर्षको जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ । सन् १९९४ मा फ्रान्सको पेरिसमा भएको समर ओलम्पिकको दौरान एआइपीएसको स्थापना भएको थियो । नेपाल सन् २००६ मा एआइपिएसको सदस्य बनेको थियो ।

नेपालले अघिल्लो वर्ष १३ औं सागको तयारीबारे नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदका जिम्मेवार व्यक्तिहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.