8 years ago
October 15, 2017
म्याड्रिड(एजेन्सी)– लुइस स्वारेजले खेलको अन्त्यतिर गोल गरेपछि गए राती ला लिगाको शीर्ष टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले १–१ को बराबरी खेलेका छन् । स्वारेजको गोलले बार्सिलोना अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । अघिल्ला ७ खेल जितेको बार्सिलोनाको २२ अंक पुगेको छ ।
खेल सकिन ८ मिनेट बाँकी रहँदा स्वारेजले सर्जी रोर्बेटोको क्रसमा हेडमार्फत स्वारेजले बराबरी गोल गरेका थिए । त्यसअघि साउल निगुइजको गोलमा एट्लेटिकोले २१ औं मिनेटमा अग्रता लिएको थिए । बराबरीअघि बार्सिलोनाका स्टार लियोन मेसीको फ्रिकिक पोस्टमा लागेर फर्केको थियो ।
बराबरीपछि बार्सिलोना र रियाल म्याड्रिडबीच ५ अंकको फरक भएको छ । शनिबारनै रियलले गेटाफेलाई २–१ ले हराएको थियो । १६ अंकसहित एट्लेटिको दोस्रो स्थानमा छ । अक्टुबर १ मा क्याटान स्वतन्त्रताको जनमत संग्रहपछि बार्सिलोना पहिलो पटक स्पेनको राजधानी पुगेको थियो ।
स्पेनिस झन्डासहित सयौंको संख्यामा एट्लेटिकोका समर्थक रंगशालामा उपस्थित थिए । जसले बार्सिलोना र स्पेनिस टोलीका रक्षक जेरार्ड पिकेले हरेक पटक बल छुँदा गिज्याएका थिए । पिकेले जनमत संग्रहको समर्थक गर्दै आएका थिए ।
६८ हजार दर्शक क्षमता भएको वान्डामा बार्सिलानाका समर्थकलाई प्रतिबन्ध गरिएको थियो । विना समर्थक बार्सिलोनाले खेल्नु परेको यो दोस्रो खेल हो । लास पाल्मासविरुद्ध घरेलु मैदानमा भएको खेल विना दर्शक खेलाइएको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]