8 years ago
October 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला बक्सिङ खेलाडीले एसियन बक्सिङ च्याम्पियनसिपको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएका छन् । एसियन महिला बक्सिङ च्याम्पियनसिप भियतनामको होचिमिङमा नोभेम्वर २ देखि ८ तारिखसम्म आयोजना हुँदैछ ।
त्यसको तयारीका लागि ४ खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीले थाइल्यान्डमा १२ दिने प्रशिक्षण गरी त्यहिबाट आयोजनास्थल पुग्ने बताइएको छ । च्याम्पियनसिपमा नेपालका ललिता महर्जनले ४८ केजी तौल समूहमा विमला श्रेष्ठले ५४ केजी, संगीता सुनारले ६० र पुनम रावलले ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर र सहायक प्रशिक्षकमा दीपक महर्जन रहेका छन् । यसैगरी टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका उपाध्यक्ष किरण श्रेष्ठ र कोषाध्यक्ष गौतम सुजखु रहेका छन् । थाइल्यान्ड जाने नेपाली टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बिहीबार बिदाई गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]