8 years ago
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन महिला इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जनले सफलता हात पारेकी छन् ।
४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरण पुगेकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित गर्दै अर्को चरणमा पुगेको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराए ।
बिहीबार नै प्रतिस्पर्धा गरेका विमला श्रेष्ठ र संगीता सुनारले भने पराजय बेहोरेका छन् । ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी विमला चीनकी पियोपियो लिउसँग अंकका आधारमा पराजित भइन् । यसैगरी ६० केजीमा संगीता सुनार श्रीलंकाकी डुलान्जनी लाकापुरन्गीसँग अंकको आधारमा पराजित भइन् ।
नेपालकी अर्की खेलाडी पुनम रावल समूहमा चरणमा वाई पाएर सोझै क्वार्टरफाइनल पुगेकी छिन् । शुक्रबार हुने क्वार्टरफाइनल खेलमा पुनमले ६४ केजी तौल समूहमा थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्नेछिन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]