default_image

8 years ago

December 17, 2017

कोरियन एम्बासडर तेक्वान्दोमा आर्मी च्याम्पियन

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो । आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न सफल भयो ।

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात जित्दै क्रमशः टिम दोस्रो र तेस्रो भयो । महिला पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम दोस्रो हुन सफल भयो । तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जितेको थियो ।

जुनियरतर्फ महिलामा आर्मीले ३ स्वर्ण र २ रजत तथा पुरुषमा कोटेश्वरले ३ स्वर्ण र १ रजत पदक जित्दै बाजी मारे । महिलामै युनाइटेड तेक्वान्दो डोजाङले १ स्वर्ण र १ रजतका साथ दोस्रो तथा शिक्षा अभियान १ स्वर्ण र १ कांस्य पदक जित्दै तेस्रो हुन सफल भए । पुरुषतर्फ दोस्रो भएको सीतापाइला तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र २ कांस्य जित्दा तेस्रो सीमित ललितपुरले १ स्वर्ण र १ कांस्य पदक हात पारेको थियो ।

समग्र टिम पुम्सेमा महिलातर्पm पुलिस पहिलो, स्युचाटार दोस्रो र जेशिस स्कुल तेस्रो भयो । महिला टिम पुम्सेमा पुलिस पहिलो, स्युचाटार दोस्रो र आर्मी तेस्रो हुन सफल भयो । प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डि शेर्पा, नेपाल तेक्वान्दो संघका उपाध्यक्षद्वय भोजबहादुर शाह र नन्दु राई र दक्षिण कोरियाली दुतावासका प्रतिनिधी लगायतले पुरस्कृत गरे ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.