8 years ago
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष तथा महिला बक्सिङ टोलीले भारतको नयाँ दिल्लीमा हुने प्रथम इन्डिया ओपन बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
नेपाल बक्सिङ संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ महिला खेलाडी र ६ पुरुष खेलाडीलाई बिदाई गरेको छ । खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे । टोली बिहिबार दिल्ली प्रस्थान गर्नेछ ।
प्रतियोगिता जनवरी २६ बाट फ्रेब्रुवरी २ सम्म हुनेछ । प्रतियोगितामा महिलातर्फ ललिता महर्जन (४८ केजी), माला राई (५१ केजी), विमला श्रेष्ठ (५४ केजी), संगिता सुनार (६० केजी), पुनम रावल (६४ केजी) र सरस्वती रानाले ७५ केजीमुनि चुनौती पेश गर्नेछन् ।
यस्तै पुरुषतर्फ तेज बहादुर देउवा (४९ केजी), प्रेम चौधरी (५२ केजी), भुपेन्द्र थापा (६४ केजी), विष्णुप्रसाद घले (६९ केजी), मनोहर बस्नेत (८१ केजी) र आषिश दवाडीले ९१ केजीभन्दामाथि प्रतिस्पर्धा गर्नेछन् । खेलाडी छनोट राखेप च्याम्पियनसिप अन्तर्गत २७ औं पुरुष तथा आठौं महिला खुल्ला बक्सिङ प्रतियोगिताबाट गरिएको संघका अध्यक्ष राम अवालेले जानकारी दिए ।
मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षक डम्मर दत्त भट्ट, सहायक प्रशिक्षक दिपक महर्जन, टिम व्यवस्थापकमा राम बहादुर गिरी, टिम सहायक व्यवस्थापकमा दिलिपा श्री अधिकारी र मिडिया अफिसरमा निशान राई रहेका छन् ।
प्रतियोगितामा विभिन्न १७ राष्ट्रहरुको सहभागिता रहने छ । प्रतियोगिताको लागि नेपाली टोलीले बिहान र बेलुका नियमित प्रशिक्षण गरेको संघले जनाएको छ ।
यस्तै बक्सिङ संघका अध्यक्ष राम अवाले, महासचिव सविन भट्टचार्य र सदस्य श्याम अवालेले दुवईंमा जनवरी २७ मा हुने आइवा एक्स्ट्रा अडिनरी कंग्रेसमा सहभागिता जनाउने छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]