default_image

8 years ago

January 28, 2018

आशिष र माला पहिलो खेलबाट बाहिरिए

197 views

0 Bookmark

दिल्ली (हाम्रो खेलकुद) – नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् ।

आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष भारत ए टिमका सतिस कुमारसँग ५ – ० ले पराजित भए । दवाडी गत पुसमा भएको राखेप च्याम्पियनसिपमा स्वर्ण जित्दै यो प्रतियोगिताको लागि छनोट भएका थिए ।

यस्तै फ्लाइवेट ५१ केजी तौल समूहमा रिङ उत्रेकी एपीएफ क्लबकी माला मंगोलियाकी जार्गालन ओचिरबटसँग ५ – ० ले नै पराजित भईन् । प्रतियोगिता अन्तर्गत आइतबार नै नेपालबाट अन्य चार खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

महिलातर्फ अब ललिता महर्जन, विमला श्रेष्ठ र संगीता सुनारले प्रतिष्पर्धा गर्ने छिन् । पुरुषतर्फ विष्णु प्रसाद घलेको खेल बाँकी छ । प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.