8 years ago
January 29, 2018
दिल्ली (हाम्रो खेलकुद) – भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् ।
दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४ – १ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का बनाए । अब क्वाटरफाइनलमा भुपेन्द्रले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार ४९ केजी तौल समूहका तेज बहादुर देउवा इन्डोनेसियाका खेलाडीसँग अंकको आधारमा पराजित भए । त्रिभुवन आर्मी क्लबका देउवा इन्डोनेसियाका इलाही इङगाटनसँग ४ – १ ले पराजित भए ।
यस्तै पुरुषतर्फको ५२ केजी तौल समूहमा आर्मी क्लबका प्रेम चौधरी भारत ए टिमका सालोन्की गौरवसँग ५ – ० ले पराजित भए । २३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म १ कास्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]