default_image

8 years ago

January 31, 2018

विमला र पुनम कास्यमा सीमित

206 views

0 Bookmark

दिल्ली (हाम्रो खेलकुद) – विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्यमा सीमित भएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको सेमिफाइनलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित भएपछि कास्यमा सीमित भएका हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि नेपालले दुई कास्य पदक जितेको हो । दुवैले सेमिफाइनलमा स्थान बनाएसँगै नेपालले कास्य पदक पाएको हो । विमला र पुनमको खेल सकिएसँगै प्रतियोगितामा नेपालको स्पर्धा समेत सकिएको छ ।

वेन्टम ५४ केजीकी विमला भारतकी मनिषासँग अंकको आधारमा ५ – ० ले पराजित भईन् । यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससिको आधारमा पराजित गर्दै कास्य पक्का गरेकी थिइन् । विमलाको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत हो ।

यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले भारतकी बसुमाटरी प्विलाओसँग ५–० अंकको आधारमा पराजित भईन् । पुनमले ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेकी थिइन् । पुनमको पनि यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

२३ राष्ट्र सम्मलित प्रतियोगितामा नेपालबाट ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता जनाएका थिए । पुरुषतर्फ दुई खेलाडीले क्वाटरफाइनल सम्मको यात्रा तय गर्दा चार खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । महिलातर्फ एक खेलाडी क्वाटरफाइनल र तीन खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.