default_image

8 years ago

April 6, 2018

नेपाली राष्ट्रिय भलिबल टोलीमा ५ नयाँ अनुहार

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

volleyball nepal

नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५ नयाँ अनुहारलाई १२ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीको कप्तानी इम बहादुर रानाले सम्हाल्नेछन् ।

टोलीमा पर्न सफल खेलाडीहरुमा कप्तान इमसँगै दिनेश गिरी, कुल बहादुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, हरि अधिकारी, दीपकराज जोशी, सुरेन्द्र बम, नरेन्द्र गिरी, राजु थकाली शेरचन, इश्वर थापामगर र विनोद चन्द रहेका छन् । राजु थकाली शेरचन, दीपकराज जोशी, सुरेन्द्र बम, विनोद चन्द र दिनेश गिरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।

राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका महेन्द्र श्रेष्ठ र भैरव बमले चोटका कारण टिममा स्थान बनाउन नसकेको प्रशिक्षक जगदिश भट्टले हाम्रो खेलकुदलाई जानकारी गराए । आर्मीलाई यो सिजन महत्वपूर्ण तीन उपाधि दिलाएका दुर्गा महतो र राजकुमार निरौलाले टिममा स्थान बनाउन सकेनन् ।

चौथो संस्करणको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप यही वैशाख ८ गतेबाट बंगलादेशमा शुरु हुदैछ । नेपाली टोली वैशाख ६ गते बंगलादेश प्रस्थान गर्ने प्रशिक्षक भट्टले जानकारी दिए ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणदेखि नै च्याम्पियनसिपमा सहभागिता जनाउनदै आएको थियो । दोस्रो संस्करणसम्म पदक जित्न असफल रहेको नेपालले गतवर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणमा कास्यपदक जित्दै नेपाली भलिबलमा ४२ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.