default_image

10 years ago

February 6, 2016

स्याङ्जा र म्याग्दी सेमिफाइनलमा

207 views

0 Bookmark

पर्वत २३ माघ । स्याङ्जा र म्याग्दी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला प्रथम ‘नव जागृत कप २०७२’ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा स्याङ्जाले घरेलु टोली पर्वत तथा म्याग्दीले गुल्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

v1
समूह चरणको शनिबार भएको अर्काे खेलमा कास्कीसँग पराजित भएपनि पर्वतले क्वाटरफाइनलमा स्थान बनाएको थियो । पर्वत कास्कीसँग २५–२०, २५–२२ र २५–२१ को सोझो सेटमा पराजित भएको थियो ।  प्रतिस्पर्धात्मक बनेको खेलमा स्याङ्जाले पर्वतलाई ४–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि पर्वतले त्यसपछिको तीनै सेट गुमायो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट स्याङ्जाले २५–२३ ले जित्यो । तेस्रो सेट पनि समान २५–२३ ले नै आफ्नो पक्षमा पारेको स्याङ्जाले चौथो सेट २५–१८ ले जित्यो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा उपाधिको बलियो दावेदार मानिएको गुल्मीलाई म्याग्दीले ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट म्याग्दीले २८–२६ जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२१, २५–२१ ले नै जित्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
यस्तै शनिबारै भएको अर्काे खेलमा तनँहु र नवलपरासीले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । तनँहुले बाग्लुङलाई २५–२१, २५–१८ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । यस्तै नवलपरासीले रुपन्देहीलाई पनि ३–० कै सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइएको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको नवलपरासीले दोस्रो र तेस्रो सेट क्रमशः, २५–२० र २५–१८ ले जित्यो ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रतियोगिताको व्यवस्थापक तथा पुर्व भलिबल खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका एक तथा क्वाटरफाइनलका दुई खेल हुनेछ ।
आइतबार हुने सेमिफाइनल प्रवेशका पहिलो खेलमा कास्की र तनँहु तथा स्याङ्जा र म्याग्दी खेल्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.