10 years ago
February 10, 2016
गुहावटी माघ २७
बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् ।

१२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब लागीरहने बताईन् । झरनाले आफुलाई खेलाडीका रुपमा यो स्थान सम्म ल्याउने सबैलाई आभार समेत प्रकट गरीन् ।
झरना गुरुङ कास्की पोखराकी स्थायी बासिन्दा हुन् । २८ बर्षिय झरनाले ७ बर्ष अघि देखि उसु खेल्न सुरु गरेकी हुन् । दक्षिण एशियाली खेलकुदमा रजतपदक नै उनको सबै भन्दा ठुलो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले ढाकामा सम्पन्न ११औं सागमा कास्य, आठौ अन्तर्राष्ट्रिय उशु च्याम्पियनसिप भियतनाममा कास्य र फस्ट एशियन मार्सल आर्टसमा समेत काश्य पदक जितेकी थिईन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]