7 years ago
August 25, 2018
दीपक न्यौपाने
जाकार्ता- पदकको अपेक्षा गरिएको बक्सिङले पनि १८औं एशियाली खेलकुदम खराव शुरुवात गरेको छ । पुरुषतर्फको लाइट फ्लाई ४९ केजी तौलसमूहमा तेज बहादुर देउवा अन्तिम ३२ राउन्डको खेलमा लाओसका खामसाथोनसँग ३–१ को अंकको आधारमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै पुरुष वेल्टर ६४ केजी तौल समूहकै अन्तिम ३२ को खेलमा भुपेन्द्र थापा जोर्डनका ओवाडा अल्कासवेहसँग ४–० ले पराजित भए । महिला लाइट ६० केजी तौल समूहमा पुनम रावल प्रि–क्वाटरफाइनलमा चीनकी याङ वेङलुसँग ५–० अंकका आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । यसअघि शुक्रबार संगीता सुनार पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]